ड्रग्ससहित लामाचौरकी सन्तु घर्तीमगर पक्राउ

पाेखरा | भदौ २७, २०८१

ड्रग्ससहित लामाचौरकी सन्तु घर्तीमगर पक्राउ

पोखरा:   कास्की प्रहरीले ड्रग्ससहित लामाचौरबाट एक महिलालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर जिमिरे बस्ने २८ वर्षीया सन्तु घर्ति मगर रहेकी छिन् ।

 

प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद गरिएको हो ।

 

कास्की प्रहरीलाई लामाचौरमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचना पुगेको थियो ।

 

सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

 

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्